Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पर्यटन बोर्डको सीइओमा तीन जनाको नाम सिफारिस

पर्यटन बोर्डको सीइओमा तीन जनाको नाम सिफारिस

बिहिवार , भाद्र २०, २०८१

काठमाडौँ । नेपाल पर्यटन बोर्डको सीइओमा तीन जनाको नाम सिफारिस गरिएको छ ।

स्रोतका अनुसार प्रस्तावित नाममा पूर्वसीइओ दिपकराज जोशी, निवर्तमान सीइओ धञ्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो छन् ।

बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले अन्तिम १४ जना उम्मेदवारमध्येबाट उनीहरुको नाम सिफारिस गरेको हो ।

आजै उनीहरुको मध्ये एकजना सीइओमा छनौट हुने छन् ।

तत्कालीन सीइओ धन्ञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड सीइओबिहीन थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077