Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सबइन्जिनियर रोकायासहित दुईजना भ्रष्टाचार मुद्दामा दोषी ठहर

सबइन्जिनियर रोकायासहित दुईजना भ्रष्टाचार मुद्दामा दोषी ठहर

बिहिवार , भाद्र २०, २०८१

काठमाडौं । पोखरा महानगरपालिकाकी सबइन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

बिहीबार विशेष अदालतले रोकाया र कुँवरलाई दोषी ठहर गरेको हो । अदालतका अनुसार रोकायालाई ८ महिना कैद र १ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।

यस्तै सोही मुद्दामा प्रतिवादी रहेका कुँवरलाई ४ महिना कैद र ८७ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको बताइएको छ ।

साथै ऋषिप्रसाद बरालले बैंकमा दाखिला गरेको २ लाख रुपैयाँ जफत गरेर उजुरी कर्तालाई भराइदिन पनि अदालतले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077