Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

दूधको भुक्तानी दिन संस्थानलाई ६० करोड ऋण दिने सरकारको निर्णय

दूधको भुक्तानी दिन संस्थानलाई ६० करोड ऋण दिने सरकारको निर्णय

बिहिवार , भाद्र २०, २०८१

काठमाडौँ । दूध किसानको रकम भुक्तानीका लागि सरकारले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड ऋण दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘आर्थिक वर्षमा दुग्ध विकास संस्थानको कच्चा दूधको आपूर्तिकर्ता किसानलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोजनका लागि नगद प्रवाह व्यवस्थापन गर्नेगरी प्रविधि सुधार तथा व्यवसाय गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपियाँ भुक्तानी गर्न स्वीकृति दिने निर्णय भएको छ।’

सँगै सरकारले पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख रुपियाँ पुरस्कार दिने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077