Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

तीजले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने राष्ट्रपति पौडेलको विश्वास

तीजले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने राष्ट्रपति पौडेलको विश्वास

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका तिज पर्वले समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निभाएको बताएका छन् ।

तिजको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवम् सामाजिक कुरीतिको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तिजले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको बताए ।

राष्ट्रपति पौडेलले तिज पर्वले सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै, देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त बनाउँदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

“नेपाली हिन्दु महिलाहरूको महान् चाड तीजको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवम् पारिवारिक सद्भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु,” उनको शुभकामना सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले विश्वभर छरिएर रहेका हिन्दु धर्मावलम्बी महिलाहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउने यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077