Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

विद्यार्थीले छात्रवृत्ति पाए नपाएको सरकारले अनुगमन गर्छ : प्रधानमन्त्री ओली

विद्यार्थीले छात्रवृत्ति पाए नपाएको सरकारले अनुगमन गर्छ : प्रधानमन्त्री ओली

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीले छात्रवृत्ति पाए नपाएको सरकारले अनुगमन गर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको बताए।

उनले सबै स्थानीय तहमा विद्यार्थीहरूले छात्रवृत्ति पाए-नपाएको सरकारले अनुगमन गर्ने समेत जानकारी दिए ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरूको लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको छ । यसका लागि रु ६० करोड अनुदान दिएको छ ।’

त्यस्तै उनले दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचीकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रतिविद्यार्थी वार्षिक १ हजार देखि ३ हजार ५ सय रुपैयाँसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको बताएका छन् ।

प्रधानमन्त्रीले उल्लेखित छात्रवृत्ति रकम प्रत्येक स्थानीय तहका प्रति विद्यार्थी लागत हिसाब गरेर सशर्त अनुदानमा वित्तीय हस्तान्तरण गरिएको र सो सम्बन्धी कार्यविधि शिक्षा मन्त्रालयको वेबसाइटमा राखिएको समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077