Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूमा पनि बिमाको सुविधा दिने व्यवस्था गरिरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिनुपर्ने बताए ।

स्वास्थ्यमन्त्री पौडेलले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिने गरी व्यवस्था गर्न लागिएको बताए।

सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरूमा बीमा सुविधा हुनुपर्ने स्वास्थ्यमन्त्री पौडेलको भनाई छ।

उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्नेमा पनि जोड दिए।

स्वास्थ्यमन्त्री पौडेलले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरूलाई आग्रह गरेका छन्।

हरेक दिन के–कति विपन्न नागरिकको उपचार भयो भन्ने कुरा सार्वजनिक गर्न उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077