Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

गृहमन्त्री लेखक र विश्व बैंकका पदाधिकारीबीच भेटवार्ता

गृहमन्त्री लेखक र विश्व बैंकका पदाधिकारीबीच भेटवार्ता

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखक र नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ ।

गृहमन्त्रीको कार्यकक्षमा गृहमन्त्री लेखक र निर्देशक डेभिडसहितका पदाधिकारीबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच विश्व बैंकले नेपालको विभिन्न परियोजनामा लगानीबारे छलफल भएको थियो।

२०७२ को भूकम्पपछिको पुननिर्माणमा विश्व बैंकको ऋण तथा प्राविधिक सहयोगले समयमै पुनर्निर्माण गर्ने कुरामा सहयोग पुगेको गृहमन्त्री लेखकले बताए।

विश्व बैंकले नेपाललाई ऋण दिँदा पुरा गर्नुपर्ने विभिन्न कार्य मध्ये पूर्वकार्य गर्नु बाँकी रहेकोको निर्देशक डेभिडले चासो राखेका थिए ।

गृहमन्त्री लेखकले आफ्नोतर्फबाट गर्नु काममा कुनै ढिलाइ नहुने प्रतिबद्धता व्यक्त गरे ।

उनले अहिलेसम्म विश्व बैंकले गरेको योगदानका लागि धन्यवाद दिए। विपद् व्यवस्थापनका लागि ऋण भन्दा पनि बढी अनुदान सहयोगका लागि गृहमन्त्री लेखकको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077