Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

इराकमा तैनाथ शान्ति सैनिकहरूको अदलीबदली

इराकमा तैनाथ शान्ति सैनिकहरूको अदलीबदली

शनिवार , भाद्र २२, २०८१

काठमाडौं । इराकमा तैनाथ शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।

इराकस्थित संयुक्त राष्ट्रसंघीय गार्ड युनिट तेह्रौँ डफ्फा सहभागी हुन सहसेनानी मोहन सलामी मगरको नेतृत्वमा १९ सदस्यीय नेपाली शान्ति सैनिकहरूको टोली मिसन इलाकातर्फ प्रस्थान गरेको हो।

सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी बाह्रौँ डफ्फामा कार्यरत १९ सदस्यीय नेपाली शान्ति सैनिकहरूको टोली सेनानी टिकासिंह विष्टको नेतृत्वमा आजै स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू तैनाथ छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077