Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

निजामती सेवा दिवसका अवसरमा ४० कर्मचारी पुरस्कृत

निजामती सेवा दिवसका अवसरमा ४० कर्मचारी पुरस्कृत

शनिवार , भाद्र २२, २०८१

काठमाडौं । सरकारले ४० जना निजामती कर्मचारीलाई पुरस्कृत गरेको छ।

२१ औं निजामती सेवा दिवसको अवसरमा सिंहदरबारमा आयोजित समारोहकाबीच ४० कर्मचारी पुरस्कृत भएका हुन्।

तीमध्ये १० जनालाई उत्कृष्टनिजामती सेवा पुरस्कार प्रदान गरिएको छ।

उत्कृष्टनिजामती सेवा पुरस्कार पाउनेहरूमा सार्वजनिक खरिद अनुगमन कार्यालय केशरमहलका सुपरिटेन्डेन्ट इन्जिनियर रामचन्द्र दंगाल छन् ।

त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कर्णाली प्रदेशका प्रदेश सचिव शंकर बहादुर केसी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव राजुप्रसाद गुरागाइँ, कागेश्वरी मनहरा नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका उपसचिव चुडाराज न्यौपाने छन्।

त्यस्तै गृहमन्त्रालयका उपसचिव कृष्ण सापकोटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव चिरञ्जिवी नेपाल, नापी कार्यालय खाँदाबारी संखुवासभाका सर्वेक्षक आशा राई, कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीका दरोगा बुनु राना र समशितोष्ण बागवानी विकास केन्द्र मार्फा मुस्ताङका कार्यालय सहयोगी निलबहादुर पुर्जामगर छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077