Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

निजामति सेवा नतिजामुखी र सेवाग्राहीमैत्री हुनुपर्छ : मुख्यसचिव अर्याल

निजामति सेवा नतिजामुखी र सेवाग्राहीमैत्री हुनुपर्छ : मुख्यसचिव अर्याल

शनिवार , भाद्र २२, २०८१

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले निजामति सेवा सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताएका छन्।

२१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले यस्तो बताएका हुन् ।

उनले निजामति प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन आज हाम्रा सामु विभिन्न चुनौतीहरु खडा भएको उल्लेख गरे ।

मुख्यसचिव अर्यालले बदलिँदो विश्व परिवेशसँगै नेपालको शासन व्यवस्थामा सिर्जित नयाँ आयामलाई सम्बोधन गर्न निजामति सेवा प्रविधिमैत्री सिर्जनशील, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताए।

मुख्यसचिव अर्यालले आफ्नो कर्तव्य र जिम्मेवारीमा उच्च मनोबलका साथ सकारात्मक सोच राखि जनताको सेवामा लाग्न कर्मचारीहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077