Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेप्सेमा उच्च अंकको गिरावट, १० अर्ब १२ करोडमा खुम्चियो कारोबार

नेप्सेमा उच्च अंकको गिरावट, १० अर्ब १२ करोडमा खुम्चियो कारोबार

आइतवार , भाद्र २३, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० विन्दुमा अडिएको हो । दोहोरो अंकले घटेको सेयर बजारमा तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

माहुली लघुवित्त वित्तीय संस्था,सृजनशील लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

बिहीबार ९ अर्ब ६५ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १० अर्ब १२ करोडको कारोबार भएको छ। यसदिन ३२८ वटा धितोपत्रको दुई करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर किनबेच भएको हो।

कारोबारमा आएका ८५ स्टक्सको मूल्य बढ्दा १५७ वटाको घट्यो। तीन समूहक उपसूचकबाहेक अन्यको सूचक नकारात्मक देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077