Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पूर्वमुख्यमन्त्री कार्कीले अनशन बस्ने क्षेत्रलाई तोकियो निषेधित क्षेत्र

पूर्वमुख्यमन्त्री कार्कीले अनशन बस्ने क्षेत्रलाई तोकियो निषेधित क्षेत्र

मंगलवार , भाद्र २५, २०८१

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बस्ने क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

पूर्वमुख्यमन्त्री कार्कीले प्रदेश सरकारविरूद्ध अनसन बस्ने घोषणा गरेपछि स्थानीय प्रशासनले विराटनगरका केही क्षेत्रलाई निधेषित क्षेत्र घोषणा गरेको हो।

पूर्वमुख्यमन्त्री कार्कीले आज दिउँसो ४ बजे प्रदेशसभा सचिवालय परिसरमा अनशन बस्ने घोषणा गरेका थिए ।

प्रदेशसभा सचिवालय आसपास देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय आसपास, मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास आसपास ३०० मिटर र जिल्ला प्रशासन कार्यालय आसपास निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आफ्नो कार्यकालमा लागू गरिएका केही कल्याणकारी योजना वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले हटाइदिएको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले विरोध जनाउदैँ आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077