Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेप्सेमा दोहोरो अंकको गिरावट, ६ अर्ब ८५ करोडमा खुम्चियो कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ६ अर्ब ८५ करोडमा खुम्चियो कारोबार

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । साताको चौंथो कारेबार दिन आज पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले घटेको छ ।

साताको पहिलो कारोबारदेखि नै दोहोरो अङ्कले घटेको शेयर बजार आज पनि दोहोरो अङ्कले घटेर बन्द भएको हो।

नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा पुगेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ।

यसदिन ३१७ स्क्रिप्सको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँमा खरिदबिक्री भए।

मंगलबार ७ अर्ब २४ रुपैयाँको सेयर कारोबार भएको थियो। अघिल्लो कारोबार दिन सोमबार ९ अर्ब मूल्य बराबरको कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077