Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

हिंसा शब्दलाई लिएर पार्टीहरुले बखेडा खडा गर्नु हुँदैन : सन्तोष परियार

हिंसा शब्दलाई लिएर पार्टीहरुले बखेडा खडा गर्नु हुँदैन : सन्तोष परियार

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले हिंसा शब्दलाई लिएर पार्टीहरुले बखेडा खडा गर्न नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि संसद भवनमा बोल्दै प्रमुख सचेतक परियारले यस्तो बताएका हुन् । उनले दुई दलको विवादले सदन अवरुद्ध हुनु राम्रो कुरा नभएको बताए।

प्रमुख सचेतक परियारले सशस्त्र द्वन्द्वका क्रममा भएका राम्रा वा नराम्रा कामलाई स्वीकार गर्दै अहिलेको अवस्थामा आइपुगेको बताए।

उनले शान्तिप्रक्रियालाई सहज रुपमा निष्कर्षमा पुर्‍याउनुपर्ने बताए। उनले हिंसा शब्दलाई लिएर राजनीतिक पार्टीहरुले बखेडा खडा गर्न नहुने धारणा राखे।

आजको बैठकमा सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने जानकारी गराएका थिए।

संसद्को बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेपछि सभामुख घिमिरेले शब्दमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने अधिकार सचिवालयलाई दिएका थिए।

आज सभामुखले निर्णय सुनाएपछि माओवादी केन्द्रले विरोध गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077