Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

७८ अंकले नेप्से बढ्दा ८ अर्ब १६ करोडको कारोबार

७८ अंकले नेप्से बढ्दा ८ अर्ब १६ करोडको कारोबार

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ।

पछिल्ला केही दिनयता ओरालो लाग्दै आएको सेयर बजार आज उच्च अंकले बढेर बन्द भएको हो।

नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६८८.३८ विन्दुमा पुगेको छ। नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ।

यसदिन ३१८ स्क्रिप्सको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६१२ रुपैयाँमा खरिदबिक्री भए।

बुधबार ६ अर्बमाथिको सेयर कारोबार भएको थियो। कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका २२९ स्टक्सको मूल्य बढ्दा १२ वटाको घटयो भने ३ वटाको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077