Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दुई महिनाको सरकारी बजेट खर्च सात प्रतिशत

दुई महिनाको सरकारी बजेट खर्च सात प्रतिशत

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुआती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कुल विनियोजनको ७.३९ प्रतिशत अर्थात् एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख बराबर बजेट खर्च भएको हो ।

चालु आवका लागि सरकारले कुल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो ।

यो अवधिमा चालुतर्फ ७.२८ प्रतिशत अर्थात् ८२ अर्ब ९८ करोड ६५ लाख बराबर खर्च भएको छ ।

चालु आवका लागि सरकारले चालु शीर्षकमा ११ अर्ब ४० करोड ६६ लाख ४५ हजार बराबर विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077