Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ओरालो लाग्यो नेप्से, कारोबार ५ अर्बमा सीमित

ओरालो लाग्यो नेप्से, कारोबार ५ अर्बमा सीमित

बुधवार , आश्विन २, २०८१

काठमाडौं । साताको चौंथो कारोबार दिन आज पनि नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ।

साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो यात्रा तय गरेको नेप्सेले आज पनि सोही यात्रालाई निरन्तरता दिएको हो।

आइतबार ५० अंकले घटेको नेप्से सोमबार ५७ अंकले घटेर बन्द भएको थियो। यसदिन नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा अडिएको छ।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। आज ३२० स्क्रिप्सको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ रुपैयाँमा खरिदबिक्री भए।

सोमबार ७ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार १० अर्ब ३३ करोड मूल्य बराबरको कारोबार भएको थियो। कालिका लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ८.०८ प्रतिशतले बढ्यो।

यसैगरी स्वरोजगार लघुवित्त वित्तीय संस्था,रावा इनर्जी डेभलपमेन्ट,भूगोल डेभलपमेन्ट कम्पनीको सेयर ७/७ प्रतिशतले बढ्दा सुपर माइ हाइड्रोपावरको सेयर ६.०२ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० अर्ब ८ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

यसदिन कारोबारमा आएका स्टक्समध्ये ७४ वटाको मूल्य बढ्दा १६३ वटाको घट्यो भने ७ वटाको मूल्य स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077