Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रस्तावित बीमा नियमावली २०८१ : अभिकर्ताहरुको सेवा सुविधा नघटाउन माग

प्रस्तावित बीमा नियमावली २०८१ : अभिकर्ताहरुको सेवा सुविधा नघटाउन माग

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमा सेवालाई सुरक्षित र सम्मानजनक बनाउन आवश्यक रहेको जनाएको छ । बीमा नियमावली २०८० लाई संशोधन गर्दा बीमा प्राधिकरणले सम्बन्धित क्षेत्रसँग आवश्यक छलफल गर्नुपर्ने भन्दै संघले दबाब दिंदै आएको छ ।

प्रस्तावित बीमा नियमावली २०८१ मा हटाउनु पर्ने तथा सुधार गर्नुपर्ने कुराहरुको बुँदा नै तयार पारेर अघिकर्ता संघले बीमा प्राधिकरणमा बुझाइसकेको छ ।

आवश्यक छलफल पछि मात्रै प्रस्तावित बीमा नियमावलीको फाइनल ड्राफ्ट तयार हुनु पर्ने भन्दै संघले १७ वटा बुँदाहरुमा सुधार गर्नुपर्ने उल्लेख गरेको छ ।

संघले पहिलो बुँदामा बीमा ऐन २०४९ र बीमा नियमावली २०४९ मा भएका प्रावधानहरु मार्फत अभिकर्ताहरुले पाईरहेका सेवा सुविधाहरु घटाउन, हटाउन र तोडमरोड नगर्न अनुरोध गरेको छ ।

त्यसैगरी नेपाल बीमा प्राधिकरण ऐन २०७९ ले कतै परिकल्पना नगरेको वेव एग्रिगेटरले अनलाईन माध्यमबाट सबै कम्पनीका बीमालेख विक्री गर्ने र विश्लेषण गर्नेलगाएतका प्रावधान हटाउन पनि संघले माग गरेको छ ।

परिच्छेद ५ नियम ४४ को खण्ड (घ) मा अन्य बीमा अभिकर्ता भनिएकोप्रति पनि संघले आपत्ति जनाउँदै त्यसलाई हटाउन माग गरेको छ ।

बीमा अभिकर्ताको योग्यता सम्बन्धि नियम ४६ को उपनियम (१) को खण्ड (ख) मा मान्यता प्राप्त संस्था वा वोर्डबाट दश जोड दुई वा प्रविणता प्रमाण पत्र वा सो सरह उतिर्ण गरेको भन्ने व्यवस्था संसोधन गरी यस अगाडि इजाजत पत्र लिईसकेका अभिकर्ताहरुलाई पुरानो योग्यता अनुसार इजाजत पत्र दिने र नविकरण गर्ने व्यवस्था गर्न पनि संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077