Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रास्वपालाई कांग्रेस नेता निधिको प्रश्न - के 'क्लीन चिट'को परिभाषा बदलिएको हो ?

रास्वपालाई कांग्रेस नेता निधिको प्रश्न - के 'क्लीन चिट'को परिभाषा बदलिएको हो ?

शनिवार , आश्विन ५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सहकारी बचत अपचलन सम्बन्धमा छानबिन गर्न बनेको समितिको प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताएका छन्।

काठमाडौंमा आयोजित कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा बोल्दै नेता निधिले यस्तो बताएका हुन् । नेता निधिले रास्वपा सभापति रवि लामिछानेलाई क्लीन चिटको परिभाषा बदलिएको हो भन्दै प्रश्न गरे ।

उनले लामिछानेलाई दोषी ठहर गरिएको दाबी गरे । छानबिन समितिको प्रतिवेदनअनुसार नै सरकारले कारबाही प्रक्रिया अघि बढाउने नेता निधिले बताए ।

नेता निधिले भने, ‘रास्वपाकै कतिपय नेताहरूले दोषी ठहर गरेका लामिछानेलाई क्लीन चिट दिएको भनेर भ्रम फिजाउन खोजेका छन् । के क्लीन चिटको परिभाषा बदलिएको हो ?’

सहकारीको रकम अनियमितता गर्दै चेक काट्नेलाई हत्कडी लगाउनुपर्ने नेता निधिले बताए। रास्वपाकै कतिपय नेताहरूले दोषी ठहर गरेका लामिछानेलाई क्लिन चिट दिएको भनेर भ्रम फिजाउन खोजेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077