Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

जनयुद्धलाई हिंसा भनियो, अब संसदको अवरोध कायम रहन्छ : प्रचण्ड

जनयुद्धलाई हिंसा भनियो, अब संसदको अवरोध कायम रहन्छ : प्रचण्ड

शनिवार , आश्विन ५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद अवरोधलाई जारी राख्ने बताएका छन्।

पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले संविधान र शान्ति सम्झौता विपरीतका गतिविधि अभिव्यक्ति संसदबाट आएका कारण अवरोध कायम रहने बताए।

अध्यक्ष प्रचण्डले भने,‘संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरीत हत्या, हिंसा भनियो। हामी सदन अवरोधको स्थितिमा छौं। र हामी जबरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौं। हामी छोड्दैनौं । प्रतिनिधि सभामा नहुने साथीहरुले सडकबाट उठाइदिनपर्‍यो।’

अध्यक्ष प्रचण्डले संविधान उल्लंघन गर्ने, शान्ति सम्झौता उल्लंघन गर्ने अधिकार त्यही सम्झौता गर्नेहरूलाई नभएको बताए। यही कुरा संसदमा जबरजस्त ढंगल उठाइएको उनले बताए।

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा संख्यामा कमजोर भनेर हेप्न खोजिएको तर विरासत, मुद्दा, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा गरिएको व्यवस्थाका कारण माओवादी कमजोर नभएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077