Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कम्युनिष्टहरुबाट देश बन्दैन, देश बनाउने कांग्रेसले नै हो : कृष्णप्रसाद सिटौला

कम्युनिष्टहरुबाट देश बन्दैन, देश बनाउने कांग्रेसले नै हो : कृष्णप्रसाद सिटौला

शनिवार , आश्विन ५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कम्युनिष्टहरुले देश बनाउन नसक्ने बताएका छन् ।

कांग्रेस झापा काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन् ।

नेता सिटौलाले अहिले देशको सबै पावर झापाका एमाले नेताहरुसँगै भएको टिप्पणी गरे।

नेता सिटौलाले भने, ‘आगामी निर्वाचनमा एमालेसँगै सँगसँगै जाने पनि हो। र, चुनावमा एमालेसँगै प्रतिष्पर्धा गर्ने पनि हो। त्यो प्रतिष्पर्धामा नेपाली कांग्रेसले बहुमतका साथ जितेर झापाबाट निस्कन सक्नुपर्दछ।’

उनले प्रधानमन्त्री, सभामुख, भौतिक पूर्वाधार मन्त्री पनि अहिले झापाका एमाले नै रहेको भन्दै देश भने नेपाली कांग्रेसले बनाउने बताए।

सिटौलाले आगामी चुनावसम्म एमालेसँगै सहकार्य हुने र चुनावमा प्रतिष्पर्धा पनि एमालेसँगै हुने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077