Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सभापति देउवा भन्छन् - कांग्रेसले गफ बढी गर्छ भन्ने गुनासो छ

सभापति देउवा भन्छन् - कांग्रेसले गफ बढी गर्छ भन्ने गुनासो छ

शनिवार , आश्विन ५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको बताएका छन् ।

शनिबार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताए । सत्ताका निम्ति कचकच भइरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको उनले जिकिर गरे ।

आउँदो निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जनताका पक्षमा खटिएर काम गर्न उनले पार्टीका नेता–कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077