Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रुसको भ्रमण सकेर स्वदेश फर्किइन् उपसभामुख राना

रुसको भ्रमण सकेर स्वदेश फर्किइन् उपसभामुख राना

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना रुसी महासङ्घको पाँचदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएकी छन् ।

रुसको सेन्टपिर्टसवर्ग सहरमा भएको चौथो युरेसियन महिला फोरममा सहभागी भएर उनी शनिवार साँझ स्वदेश फर्किएकी हुन् ।

रुसी महासङ्घ र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा यही असोज २ देखि असोज ४ गतेसम्म चौथो युरेसियन महिला फोरम सञ्चालन भएको थियो। उपसभामुख रानाले उक्त फोरमलाई असोज २ गते सम्बोधन गरेकी थिइन्।

सम्बोधनका क्रममा उपसभामुख रानाले महिला तथा बालबालिकाको अधिकार उपभोगमा देखिएका चुनौती तथा प्रविधिको प्रयोगबाट आएका विकृति रोक्ने विषयमा आफ्ना धारणा राखेकी थिइन्।

फोरममा सहभागी हुन उनी असोज १ गते त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077