Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

अमेरिका पुगिन् परराष्ट्रमन्त्री राणा

अमेरिका पुगिन् परराष्ट्रमन्त्री राणा

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शनिवार अमेरिकाको न्युयोर्क पुगेकी छिन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्युयोर्क गएकी हुन् । उनलाई न्युयोर्कमा जनसम्पर्क समितिको संयोजनमा स्वागत गरिएको छ ।

जनसम्पर्क समितिका अमेरिकाका सभापति आनन्द बिष्ट, संयक्त राष्ट्र संघको कुटनीतिक नियोगका स्थायी प्रतिनिधि लोक बहादुर थापा, नेपालका लागि न्यूयोर्कका वाणिज्य दूत चक्र बहादुर सुवेदी, अमेरिकाका विभिन्न राज्यका नेपाली अवैतनिक वाणिज्य दूतहरु, विभिन्न राजनैतिक दल र संघसंस्थाका प्रतिनिधिहरुले न्यूयोर्कको जोन अफ केनडी विमानस्थलमा परराष्ट्र मन्त्री राणाको स्वागत गरेका थिए ।

क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएर उनी न्युयोर्क पुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077