Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका दुबै देशका प्रधानमन्त्रीबीच आइतबार साँझका लागि भेटवार्ता तय भएको हो।

उनीहरूबीच स्थानीय समयअनुसार साँझ साढे पाँच बजेदेखि ६ बजेसम्म होटेल लोटे न्युयोर्क प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्रीसँग पहिलोपटक भेट हुन लागेको हो।

यसअघि थाइल्यान्डमा तय भएको बिमस्टेक बैठकमा ओली र मोदीबीच भेटवार्ता हुने भनिए पनि बैठक नै स्थगित भएको थियो।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अरू पनि महत्त्वपूर्ण भेटवार्ता गर्दैछन्। मोदीसँगको भेटवार्ताअघि प्रधानमन्त्री ओलीले भुटानी समकक्षी छिरिङ तोब्गेबीच पनि भेटघाट तय भएको छ।

परराष्ट्रमन्त्रालयले तयार पारेको कार्यतालिका अनुसार भुटानका राजासँग प्रधानमन्त्री ओलीले २० मिनेट छलफल गर्नेछन्। त्यसलगत्तै प्रधानमन्त्री ओलीले कुवेतका राजकुमार शेख सबाह अलसँग पनि भेटवार्ता गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077