Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कृषि मन्त्रालयद्धारा मह किसानका समस्याबारे अध्ययन गर्न समिति गठन

कृषि मन्त्रालयद्धारा मह किसानका समस्याबारे अध्ययन गर्न समिति गठन

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मह उत्पादक किसानहरूको समस्या अध्ययन गर्न समिति गठन गरेको छ।

कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेका हुन्।

समितिलाई १५ दिन भित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिएको छ।

बैठकमा कृषिमन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुवै पक्षको हित हुने गरी कार्यदलले सुझाव दिने विश्वास व्यक्त गरेका छन्।

बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुवै पक्षको हित हुनेगरी कार्यदलले सुझाव दिने विश्वास व्यक्त गरे।

मह किसानले हाल मौज्दात रहेको २१ सय मेट्रिक टन मह बिक्रीको व्यवस्था मिलाइदिन सरकारसमक्ष माग समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077