Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कार्यवाहक प्रधानमन्त्री सिंहले भने - सरकार व्यवस्थित शहर बनाउने दिशामा अघि बढेको छ

कार्यवाहक प्रधानमन्त्री सिंहले भने - सरकार व्यवस्थित शहर बनाउने दिशामा अघि बढेको छ

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफुहरु व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेको बताएका छन्।

सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँगको भेट बोल्दै कार्यवाहक प्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

उनले सरकार व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढिरहेको बताए।

घरजग्गा व्यवसायमा रहेका समस्याहरु पहिचान गर्नुपर्ने र नीति बनाएर अघि बढ्न आवश्यक रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको भनाई छ ।

शहर व्यवस्थापनमा भएका समस्याहरु पहिचान गरी व्यवस्थित गर्ने काम भइरहेको उनले बताए। शहरको विकास गर्ने क्रममा सरकार मात्रै नभइ निजी क्षेत्रलाई पनि समावेश गरिने कार्यवाहक प्रधानमन्त्री सिंहले बताए।

उनले सरकार र निजी क्षेत्रहरु सबै मिलेर अहिलेको व्यवस्थित, स्वच्छ शहर बनाउने गरी अर्थतन्त्र चलायमान बन्नेगरी अघि बढ्न आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077