Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

संविधान संशोधनको विषयले कोही आत्तिनु पर्दैन : गृहमन्त्री लेखक

संविधान संशोधनको विषयले कोही आत्तिनु पर्दैन : गृहमन्त्री लेखक

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको विषयले आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन्।

संविधान दिवसको सन्दर्भमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

उनले संविधान जारी भएको १० वर्षमा समीक्षा गर्नुपर्ने भएकाले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताए।

गृहमन्त्री लेखकले संविधान कार्यान्वयनको समीक्षामार्फत सबल र दुर्बल पक्षको पहिचान गर्दै राष्ट्रियस्तरको छलफल गरेर यसलाई परिमार्जन गर्नुपर्ने बताए।

संविधान संशोधन एउटा कार्यालयको पार्टी कार्यालयबाट नहुने भन्दै सबै राजनीतिक पार्टीका बीचमा सहकार्यबाट संसदबाट गर्नुपर्ने उनको भनाई छ ।

गृहमन्त्री लेखकले संविधानका आधारभूत बिषयका माध्यमबाट मुलुकमा दिगो शान्ति, विकास र समृद्धि गर्नका लागि मिलेर जानुपर्ने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077