Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

जब दुई लाख लिएर मिथिलेशलाई बनाइयो आईपीएस अधिकारी...

जब दुई लाख लिएर मिथिलेशलाई बनाइयो आईपीएस अधिकारी...

बुधवार , आश्विन ९, २०८१

एजेन्सी । भारतको बिहारस्थित जमईमा ‘दलाल’ले भारतीय प्रहरी अधिकारी (आईपीएस) अधिकृत बनाएर १८ वर्षीय एक युवालाई ठगी गरेको पाइएको छ।

मनोज सिंह नाम गरेका व्यक्तिले मिथिलेश कुमारलाई प्रहरीमा भर्ती गरिदिएको भन्दै दुई लाख भारतीय रुपैयाँ लिएका हुन् ।

यसबापत मनोजले मिथिलेशलाई प्रहरीको बर्दी र पेस्तोल पनि दिएका थिए ।

आवश्यक सामग्री दिएर ती युवालाई मोटरसाइकलमा बसाइ पोस्टिङका लागि सिकन्दरा प्रहरी चौकीमा पठाएपछि ठगीको रहस्य खुलेको हो।

प्रहरी चौकी गएर मिथिलेशले आफ्नो कार्यभार सम्हाल्ने प्रयाससमेत गरेका थिए ।

यसपछि उनलाई जिस्क्याउँदै प्रहरी अधिकारीहरूले ‘आउनुहोस् सर, सिकन्दरा प्रहरी चौकीमा यहाँलाई स्वागत छ’ भनेका थिए ।

यहाँसम्म आउँदासम्म पनि मिथिलेशले आफू ठगिएको पत्ता पाएका थिएनन्। यसपछि मिथिलेशलाई सोधपुछ गरेपछि ठगीको पोल खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077