Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मेलम्चीका बाढी प्रभावित र सरकारबीच सहमति, पानीको लेबी ३ महिनाभित्र टुंग्याउने

मेलम्चीका बाढी प्रभावित र सरकारबीच सहमति, पानीको लेबी ३ महिनाभित्र टुंग्याउने

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । खानेपानी मन्त्रालय र मेलम्ची क्षेत्रका बाढी प्रभावित, हेलम्बु गाउँपालिकाका स्थानियहरुबीच सहमति भएको छ।

मेलम्ची बाढी प्रभावितले राख्दै आएका माग केही तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा गर्ने गरी सोमबार राति सहमति भएको हो ।

मेलम्ची खानेपानीको मुख्य आयोजना तथा भेलबाढी प्रभावित हेलम्बु गाउँपालिकाको प्रत्येक वडाको मूल सडकहरू कालोपत्रेका लागि विशेष प्राथमिकतामा राखि आगामी आर्थिक वर्षको संघीय सरकार तथा प्रदेश सरकारको बजेट कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने सहमति भएको छ।

बाढीले बगाएका मेलम्चीको पुल, चनौटेको रातोपुल, कात्तिके, घट्टेखोला, हल्दे, तिम्बु, नाकोते, तालामाराङ भट्टार, गोरेखोला, सर्कथलीको पुल निर्माण गर्न सम्बन्धित निकायमा पहल गर्ने सहमति भएको छ।

त्यस्तै चिउरी खर्क, ओडारे, तिम्बु, ढोरोसिंह, थापाटार—भाङटार, महांकाल, तारूकेटार, ज्यामिरे, शेराचौकी, पाल्चोक शेरा र ग्याल्थुमबाट पाल्चोक गैरबेसी झोलुङ्गे पुल यथाशीघ्र निर्माणका लागि सम्बन्धित मन्त्रालयमार्फत् विशेष पहल गरी बजेटको व्यवस्था गर्ने सहमति भएको बताईएको छ ।

भेलबाढीले क्षति भएका घर तथा व्यवसाय स्थापित भइसकेपछि त्यस्ता घर तथा व्यवसायको बिमाका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने साथै बाढीबाट पीडित भएका घर परिवारका सदस्यको समेत बिमाको पहल गर्ने सहमति भएको छ।

सरस्वती मावि र मेलम्ची भ्याली क्याम्पसको संरक्षण गर्ने सहमति भएको छ। बाढीपछि उक्त स्कुल र क्याम्पस जोखिममा छन्। अघिल्लो वर्ष पनि क्याम्पसका संरचना बाढीले बगाएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077