Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै

मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । मेलम्चीको पानी आजबाट काठमाडौं आउने भएको छ।

आन्दोलनरत स्थानीय र हेलम्बु गाउँपालिकासँग सहमति भएपछि मंगलबारबाटै सुरूङमा पानी हाल्ने तयारी थालिएको हो ।

मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमबार अबेरसम्म भएको वार्तामा काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको थियो ।

स्थानीयवासीले आन्दोलन गर्न थाले पनि मेलम्ची खानेपानी विकास समितिले भित्रभित्रै तयारी भने गरी नै रहेकाले पानी पथान्तरण गर्न छिटो सम्भव भएको हो ।

काठमाडौं पथान्तरण गर्न बनाइएको करिब २७ किलोमिटर सुरूङभित्र पानी भरिएको छ।

त्यसकारण आज हालिएको पानी आजै काठमाडौं आइपुगेर वितरण प्रणालीमा जोडिने छ। काठमाडौं अस्थायी तवरले पानी पथान्तरण गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077