Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मानव अधिकार आयोग दशैं बिदामा पनि खुला रहने

मानव अधिकार आयोग दशैं बिदामा पनि खुला रहने

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कार्यालयहरु दशैं अवधिमा पनि खुला रहने जनाएको छ।

आयोगका सहसचिव टीकाराम पोखरेलले प्रेस नोटजारी गर्दै दशैं बिदामा पनि आयोग खुला रहने जानकारी दिएका हुन्।

आयोगले आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमाझैँ यस वर्ष पनि बिदाका दिनमा कार्यालय खुला राख्ने जनाएको छ ।

आयोगले यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ।

दशैं बिदाको अवधिभर आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरू बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म खुला रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077