Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दशैंमा काठमाडौं उपत्यकासहित यी प्रदेशमा पर्दैन पानी

दशैंमा काठमाडौं उपत्यकासहित यी प्रदेशमा पर्दैन पानी

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट यसपालिको मनसुन बाहिरिएको जनाएको छ।

मनसुन बाहिरिएसँगै दर्शैमा झरी नपर्ने भएको छ । बागमती प्रदेशको पश्चिमी भू–भाग र मधेश प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट पनि बहिर्गमन भएको महाशाखाले जानकारी दिएको छ।

सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट गत असोज २० नै मनसुन बाहिरिएको थियो।

महाशाखाले बुलेटिन जारी गर्दै भनेको छ–‘मनसुनी वायु कमजोर हुदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले नियमित रूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यस सम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ ।’

यस वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो। सरदर अक्टोबर २ मा मनसुन बाहिरिनुपर्नेमा यसवर्ष केही ढिला गरेर मनसुन बहिर्गमन भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077