Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

राँगोले हानेर पोखरामा शिक्षकको मृत्यु

राँगोले हानेर पोखरामा शिक्षकको मृत्यु

बिहिवार , आश्विन २४, २०८१

पोखरा । राँगोले हानेर पोखरामा एक शिक्षकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका-३३ का शिक्षक धनञ्जय आचार्यको मृत्यु भएको हो।

फार्ममा रहेका भैंसी, राँगा चराउन लैजाँदा राँगाले हानेर शिक्षक आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।

आचार्य भैंसी चराउन गत मंगलबार फार्म पुगेका थिए। उक्त फार्म उनका दाजुको हो। दाजु जेठानको मृत्यु भएकाले अन्त्येष्टिमा गएका थिए।

आचार्य एक्लैले भैंसी फार्म हेर्दै आएका थिए। रागाले चराउन गएको ठाउँमा उनलाई लखेट्दै हानेको डोबहरू देखिएको छ।

कास्की र स्याङ्जाको सीमावर्ती क्षेत्र भएकाले गोठ कास्कीमा परे पनि चराउने ठाउँ स्याङ्जामा पर्छ।

घटनास्थल स्याङ्जामा परेकाले मुचुल्का स्याङ्जा प्रहरीले बनाएको थियो।

पोखरा-३३ स्थित जनचेतना माविका शिक्षकसमेत रहेका आचार्यलाई मंगलबार राँगाले हाने पनि उनको शव भने बुधबार मात्र भेटिएको थियो।

साँझसम्म भैंसी र राँगाहरु गोठ फर्किए पनि मान्छे नफर्किएकाले परिवारले कास्की प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077