Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बसन्तपुरको दशैंघरमा भित्राइयो फूलपाती

बसन्तपुरको दशैंघरमा भित्राइयो फूलपाती

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं । बसन्तपुरस्थित दशैंघरमा फूलपाती भित्राईएको छ ।

गोरखा दरबारबाट पठाइएको फूलपाती आज अपराह्न बाजागाजासहित भित्राइएको हो।

गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्राउने चलन छ ।

सो अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा तोप पड्काएर फूलपाती बढाइँ समेत गरेको छ ।

फूलपातीको डोलीसहित नेपाली सेनाको टोलीले मंगल धुन पनि बजाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077