Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बीपी राजमार्गमा आजदेखि यातायात सञ्चालन हुने

बीपी राजमार्गमा आजदेखि यातायात सञ्चालन हुने

शुक्रवार , आश्विन २५, २०८१

काठमाडौं । बाढीपहिरोका कारण क्षतविक्षत भएको बीपी राजमार्गमा शुक्रबारदेखि यातायात सञ्चालन हुने भएको छ।

गत असोज ११ र १२ गतेको बाढीपहिरोले बीपी राजमार्गका कतिपय स्थान भत्काएको थियो। काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्ग अवरुद्ध हुँदा यसपटक धेरै मानिसले राजधानी छाड्न सकेनन्।

बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुर्‍याएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी गराएका छन्।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले शुक्रबार बिहान १० बजेसम्ममा बिपी राजमार्ग सञ्चालनमा आउने भन्दै जानकारी गराएको फेसबुकमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077