Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

खानेपानीमन्त्री यादवले गरे भेडाहाखोला बाढी प्रभावित क्षेत्रको निरीक्षण

खानेपानीमन्त्री यादवले गरे भेडाहाखोला बाढी प्रभावित क्षेत्रको निरीक्षण

आइतवार , आश्विन २७, २०८१

वीरगन्ज । खानेपानीमन्त्री प्रदीप यादवले पर्साको वीरगन्ज महानगरपालिका–३१ स्थित भेडाहाखोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । आइतबार उनले प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् ।

यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीले खोलातटीय क्षेत्रका टोल र खेतीयोग्य जमिनमा क्षति पुगेको थियो ।

भेडाहाखोलाको अनियन्त्रित बहावले विशेष गरी इस्लामपुर र आसपासका बस्तीमा खेतीयोग्य जमिन कटान गर्दै ठूलो क्षति पुर्‍याएको छ ।

निरीक्षणका क्रममा स्थानीयले वर्षौँदेखि खोलाले कटान र बाढीको जोखिम रहेकाले समस्याको दीर्घकालीन समाधान गर्न तटबन्ध निर्माणका निम्ति आग्रह गरेका थिए ।

मन्त्री यादवले समस्याको दीर्घकालीन समाधान र पीडित परिवारलाई राहत सहयोगको व्यवस्थाका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077