Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

व्यापारीको सहयोगमा पार्टी कार्यालय बनाउने निर्णय सच्याउन एमालेलाई पाण्डेको आग्रह

व्यापारीको सहयोगमा पार्टी कार्यालय बनाउने निर्णय सच्याउन एमालेलाई पाण्डेको आग्रह

सोमवार , आश्विन २८, २०८१

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले व्यवसायीको सहयोग लिएर पार्टी कार्यालय बनाउने कदम गतल भएको बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेतृ पाण्डेले यस्तो बताएकी हुन् । कीर्तिपुरमा एमाले केन्द्रीय कार्यालय भवन व्यवसायीबाट निर्माण गराउने कुरा भविष्यमा पार्टीका लागि आत्मघाती हुने बताइन् ।

उनले व्यापारी मीनबहादुर गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिने कदमले पाँच लाख पार्टी सदस्य २८ लाख मतदाताको अपमान भएको बताइन्।

पाण्डेले तत्काल यो गतल निर्णय सच्चाउन आग्रह गरेकी छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि भवनको शिलान्यास गरेका थिए।

उक्त भवन भाटभटेनी सुपरस्टोरका मीनबहादुर गुरूङले बनाइदिन लागेका हुन्। भवन शिलान्यासमा गुरूङ दम्पत्ति पनि सहभागी थिए।

राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको उनले बताएकी छन् ।

एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका हुन् ।

एमाले सचिवालयको बिहीबारको बैठकले कीर्तिपुरमा पार्टी केन्द्रीय कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077