Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

'विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरुमा सबैको समान पहुँच सुनिश्चित गर्न आवश्यक'

'विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरुमा सबैको समान पहुँच सुनिश्चित गर्न आवश्यक'

सोमवार , आश्विन २८, २०८१

जेनेभा। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विज्ञान, प्रविधि र नवप्रवर्तनमा भइरहेका विकास र उपलब्धिलाई संकीर्ण राष्ट्रियताको घेराभन्दा माथि उठेर विश्वव्यापी साझा हितको विषयका रुपमा हेरिनुपर्ने बताएका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर व्यवस्थापिका संघको महासभालाई सम्बोधन गर्दै सोमबार सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले भने, “विज्ञान प्रविधिको विकास र प्रयोगलाई मानव समाजको हितमा सदुपयोग गर्न तथा यसबाट सिर्जना हुन सक्ने गोपनीयता भङ्ग, साइबर सुरक्षा, नकारात्मक सामग्रीको प्रसार जस्ता जोखिम र चुनौतीहरुलाई सामना गर्न विश्वका संसदहरुले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।”

विज्ञान, प्रविधि र नवप्रवर्तनको विकासले मानव जीवनलाई सहज र गतिशील बनाउन विविध अवसर प्रदान गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले विश्वभरका व्यवस्थापिकाले प्रविधिमा नागरिकको पहुँच र प्रतिफल वितरणमा समता कायम हुने गरी कानून निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिन आवश्यक रहेको औंल्याए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077