Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पेस्तोल र तीन राउण्ड गोलीसहित तामाङ पक्राउ

पेस्तोल र तीन राउण्ड गोलीसहित तामाङ पक्राउ

सोमवार , आश्विन २८, २०८१

काठमाडौं । प्रहरीले तीन राउण्ड लोड गरिएको गोली र पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको पनौती नगरपालिका-१ स्थायी भइ हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-८ रानीकोट बस्ने ३६ वर्षीय प्रेम तामाङ छन् ।

उनलाई पनौतीस्थि घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । हतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।​

उनको साथबाट प्रहरीले मेड ईन यूएसए लेखेको पेस्तोल र म्याग्जिनमा ३ राउण्ड गोली लोड भएको अवस्थामा बरामद गरेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077