Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

राष्ट्रियसभा अध्यक्ष दाहाल र आइपीयूका अध्यक्षबीच शिष्टाचार भेट

राष्ट्रियसभा अध्यक्ष दाहाल र आइपीयूका अध्यक्षबीच शिष्टाचार भेट

मंगलवार , आश्विन २९, २०८१

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा.तुलिया अक्सन र महासचिव मार्टिन चुङगोङबीच भेटवार्ता भएको छ ।

स्वीटजरल्याण्डको जेनेभामा भएको भेटमा नेपालको संघीय संसद र अन्तरव्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदान प्रदान, लोकतन्त्रका लागि संसदीय भूमिका लगायतका विषयमा छलफल भएको हो ।

नेपालको संघीय संसद् र अन्तर व्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदान प्रदान, लोकतन्त्रका लागि संसदीय भूमिकालगायतका विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

भेटमा अध्यक्ष दाहालले आईपीयूका विभिन्न सभा तथा कार्यक्रमहरूले लोकतन्त्र, मानवअधिकार, लैंगिक समानता, युवा सशक्तिकरण, दिगो विकास लगायतका सवालमा संवाद, सहकार्य र असल अभ्यासहरूको आदानप्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए ।

अध्यक्ष दाहालले संसदीय अभ्यास थप परिष्कृत गर्न र लोकतान्त्रिक संस्थाहरू थप सुदृढ गर्न अन्तर व्यवस्थापिका संघसँग आफूहरूले बलियो र घनिष्ठ सहकार्य गर्न इच्छुक रहेको बताए ।

सो अवसरमा उनले आईपीयूसँग सिधा सम्पर्कमा रहन यसको सचिवालयमा नेपालको पनि सहभागिता गराउनतर्फ सोच्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077