Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्व समुदायलाई सरकारको आग्रह - ६ प्रकारका खोप निःशुल्क उपलब्ध गराउनू

विश्व समुदायलाई सरकारको आग्रह - ६ प्रकारका खोप निःशुल्क उपलब्ध गराउनू

मंगलवार , आश्विन २९, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य संगठनको हेटौंडामा रहेको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्न आग्रह गरेका छन् ।

जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस गेब्रिएसेससँगको कुराकानीमा उनले सो आग्रह गरेका हुन् ।

उनले तालिम केन्द्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्न आग्रह गरे ।

नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सकिने भन्दै मन्त्री पौडेलले यसका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077