Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

राष्ट्रिय सभा अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जाबीच भेटवार्ता

राष्ट्रिय सभा अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जाबीच भेटवार्ता

बुधवार , आश्विन ३०, २०८१

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबिच द्विपक्षीय भेटघाट भएको छ।

अन्तर–व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आएका सुरसज्जासहितको थाई संसदीय टोली र दाहाल नेतृत्वको नेपाली संसदीय टोलीबिच भेटवार्ता भएको हो।

भेटवार्तामा दुई देशबिचको सम्बन्ध, आपसी हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र सहयोगका बारेमा छलफल भएको थियो। सो अवसरमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्ध मैत्रीपूर्ण रहेको चर्चा गर्दै लुम्बिनी, गौतम बुद्ध र बौद्ध धर्मले नेपाल र थाइल्याण्डका जनताबिच बलियो सम्बन्ध सेतुको काम गरेको बताए ।

सो अवसरमा थाइल्यान्ड सिनेटका अध्यक्ष सुरसज्जाले नेपाली संसदीय टोलीसँगको भेट र सम्मानले आफूलाई निकै खुसी लागेको भन्दै यस किसिमको भेटघाट र छलफलले द्विपक्षीय सम्बन्ध बढाउन सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077