Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

विराटनगरमा होटल सञ्चालकमाथि खुकुरी प्रहार

विराटनगरमा होटल सञ्चालकमाथि खुकुरी प्रहार

बुधवार , आश्विन ३०, २०८१

विराटनगर । विराटनगरमा होटल सञ्चालकमाथि खुकुरी प्रहार भएको छ ।

मुन होटलका सञ्चालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको हो। उनीमाथि दुई युवाले खुकुरी प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर उपमहानगरपालिका-१० स्थित लालिगुराँस चोकमा भगतमाथि खुकुरी प्रहार भएको हो।

खुकुरी प्रहारबाट भगतको देब्रे हात र शरीरका अन्य विभिन्न ठाउँमा चोट लागेको छ।

विराटनगर ९ का सावन दास र विनोद रायले भगतमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077