Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या , संलग्न तीन जना पक्राउ

काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या , संलग्न तीन जना पक्राउ

बुधवार , आश्विन ३०, २०८१

काठमाडौं । काठमाडौंमा एक पुरूषको कुटपिट गरी हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती लसलाइट स्कुल नजिकै एक पुरूषमाथि कुटपिट गरी हत्या भएको हो।

मृत्यु हुनेमा कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ४३ वर्षीय होमबहादुर फौजामगर रहेका छन्।

फौजामगरको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथर घर भई कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोकका ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भई नयाँ बस्ती बस्ने २७ वर्षीया बिमला भट्टराई छन्।

नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा फौजामगरको मृत्यु भएको थियो । उनी नयाँबस्तीमा अचेत अवस्थामा फेला परेका थिए।

उनलाई तत्कालै प्रहरी वृत्त बौद्धको टोलीले नारायणटारस्थित शंखरापुर अस्पतालमा पुर्‍याएको थियो।

घटनामा संलग्न तीन जनालाई प्रहरीले मंगलबार राति नै पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077