Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

हनि ट्रयापिङमा संलग्न इन्सपेक्टर शाहीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

हनि ट्रयापिङमा संलग्न इन्सपेक्टर शाहीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

बुधवार , आश्विन ३०, २०८१

काठमाडौं। हनि ट्रयापिङमा संलग्न गिरोहसँग मिलेर पैसा असुल्ने इन्सपेक्टर बिनुकुमारी शाहीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत इन्स्पेक्टर शाहीलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको हो।

भैंसेपाटी प्रभागमा रहँदा उनले एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलेर छाडेका थिइन् ।

त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शाहीलाई १० असोजमा जिम्मेवारीबाट हटाएको थियो ।

व्यापारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा एक जना सहायक हवलदार सहित ४ जना थुनामा छन् ।

थुनामा हुनेमा सुस्मा बिक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवलदार महेन्द्र हमाल पक्राउ परेका हुन् ।

उनीहरूविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077