Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सुदूरपश्चिममा डीएसपी थापासहित १४ प्रहरी पुरस्कृत [नामसहित]

सुदूरपश्चिममा डीएसपी थापासहित १४ प्रहरी पुरस्कृत [नामसहित]

बुधवार , आश्विन ३०, २०८१

कैलाली । सुदूरपश्चिम प्रदेशमा १४ प्रहरी पुरस्कृत भएका छन् । ६९ औँ प्रहरी दिवसको अवसरमा बुधबार आयोजित समारोहमा प्रदेश प्रहरी कार्यालय धनगढीले कार्य सम्पादन मूल्यांकनका आधारमा १४ जना प्रहरीलाई पुरस्कृत गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर थापासहितका १० प्रहरीलाई पुरस्कृत गरिएको हो । यस्तै अन्य ४ जनालाई भने विभिन्न जिल्ला प्रहरी कार्यालयबाट सम्मान प्रदान गरिएको छ।

डीएसपी थापालाई नगदसहित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पुरस्कृत गरे ।

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक गंगाबहादुर सारु, प्रदेश प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक डबलबहादुर साउँद, प्रहरी सहायक निरीक्षक गंगबहादुर थापा, प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्रबहादुर चन्द, प्रहरी सहायक हवल्दार राजेन्द्र विष्टलाई पनि पुरस्कृत गरिएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी सहायक हवल्दार देवराममोर कामी, नरेन्द्रबहादुर बम, प्रहरी जवान हेमराज विष्ट र सुस्मिताकुमारी रोकायालाई पनि पुरस्कृत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077