Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनु फरार, खोज्दै प्रहरी !

अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनु फरार, खोज्दै प्रहरी !

बुधवार , आश्विन ३०, २०८१

काठमाडौं । अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही फरार भएकी छन् ।

‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेको आरोप लागेकी उनी जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएलगत्तै फरार भएकी हुन् ।

ललितपुर प्रहरी परिसरले उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति मागेको थियो । अदालतले इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनी फरार भएकी हुन् ।

प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर शाही सम्पर्कमा नरहेको र खोजी जारी रहेको छ । भैंसेपाटी प्रभागमा रहँदा उनले एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलेर छाडेका थिइन् ।

त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शाहीलाई १० असोजमा जिम्मेवारीबाट हटाएको थियो ।

व्यापारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा एक जना सहायक हवलदार सहित ४ जना थुनामा छन् ।

थुनामा हुनेमा सुस्मा बिक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवलदार महेन्द्र हमाल पक्राउ परेका हुन् ।

उनीहरूविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077