Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

समानुपातिक निर्वाचन प्रणाली हटाउन सकिँदैन : सञ्चारमन्त्री गुरुङ

समानुपातिक निर्वाचन प्रणाली हटाउन सकिँदैन : सञ्चारमन्त्री गुरुङ

बुधवार , आश्विन ३०, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने बताएका छन् ।

बुधबार रेडियो नेपालका दनुवार भाषाको समाचार तथा कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाए मुलुक अर्को द्वन्द्वमा फस्ने चेतावनीसमेत दिए । उनले मुलुकलाई अर्को द्वन्द्वमा फस्न नदिन पनि मिश्रित निर्वाचन प्रणाली अंगीकार गर्नुपरेको स्पष्ट पारे ।

मन्त्री गुरुङले संघीय शासन प्रणालीलाई दोष दिनेभन्दा पनि राजनीतिक पार्टीहरूले आफ्नो व्यवहार, आचरण र कार्यशैलीमा रहेको दोष औंल्याएर सुधार गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077