Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

हिन्दू राष्ट्र संविधानमा होइन, स्वाभिमानमा चाहिन्छ : मेयर बालेन

हिन्दू राष्ट्र संविधानमा होइन, स्वाभिमानमा चाहिन्छ : मेयर बालेन

बुधवार , आश्विन ३०, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हिन्दू राष्ट्र संविधानमा नभई स्वाभिमानमा हुनुपर्ने बताएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा कविता शैलीमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले हिन्दू राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताए ।

'गाउँ मासेर बनेको शहरको के काम ? आफ्नो ठाउँ नै नरहे पछि, नाउँ बेचेर बनेको रहरको के काम ? आफ्नो भाउ नै नभए पछि,' उनले लेखेका छन्, 'मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ । हिन्दू राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077